यौनिजिवीहरुको कुरुप सभा


प्रकाशित मिति :2020-10-20 14:30:13

-हिरा दाहाल-

संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा
लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा अचानक मेरा आंखा टक्क अडिए
आफु पनि एक थान यौनि भिराइएर जन्माईएकी हुंदा, समाजको कुरुप बर्ग भित्रकै मानिने बर्गकि प्रतिनिधि हुंदा
मलाई पनि यस कुरुप सभामा जाउंजाउं लाग्यो
कसैले मलाई पनि यस सभामा आमन्त्रण गरीरहे जस्तो लाग्यो ।

भित्र छिर्नासाथ दायां बायां अनि वरीपरिको भिडमा हेर्दा
अ.महत्वपुर्ण ब्यक्तिहरुको खचाखच उपस्थिति र प्रमुख अतिथि देख्दा टक्क खुट्टा अडिए
आफुसंग मिल्दाजुल्दा ब्यक्तिहरुकै भिड भएको हुंदा, आफुजस्तै अनुभव गरेका बर्गको जमात भएको हुंदा
मलाई पनि केवल दर्शक मात्र नभएर अतिथि नै बन्न मन लाग्यो
उनिहरुको आवाजमा आवाज र जोशमा जांगर थप्न मन लाग्यो ।

अचिल्ला लुगा, आंसुका लतपत र असुग्घरी मईलाहरुको जमात हेर्दा
आक्रोस र रीसले भरीएको र छिया छिया भएका ह्रदयहरुको जमघट देख्दा टक्क आफ्ना मनहरु अडिए
आफ्नो जस्तै घाउ र खत भएका ब्यक्तिहरुको सभा भएको हुंदा, चोटैचोटले छिया छिया भएका ब्यक्तिको झुण्ड भएको हुंदा उनिहरुको ब्यथा सुनि घाउमा मलम लगादिन मन लाग्यो ।

यस्ता घाउ अव कहिल्यै नलागुन भनेर सपना देख्न मन लाग्यो ।
लर्बराएको शरीर,पाकेको मन बोकेर बझाड।बाट आई हिम्मत गदै बोल्दा
बोली बिचैमा रोकि त्यो बलात्कारी भुसतिघ्रेलाई अगाडि ल्याई भुईंमा बजारेको देख्दा ह्रदयमा आक्रोसका ज्वालाहरु रन्कीए
लोग्ने साईनोको त्यो पशुको मुखमा पिशाव फेर्ने उनको हिम्मत देख्दा, ससुरा नामको पशुको लिंग टुक्रयाउने उनको शाहस देख्दा
उनलाई अंगालो मारेर, खादा ओढाई खुशिले चुम्न मन लाग्यो ।
उनको जस्तै शाहस सवै महिलाहरुमा बढेको कल्पना गर्न मन लाग्यो ।

भक्तपुरमा गाडिभित्रै बलात्कृत भएकि बहिनि शाहस गरी डटेर बोल्दा
ति पापी बलात्कारीलाई गालामा झापड लगाई, जगल्टा लुछ्दै अण्डकोषलाई फुटाएको देख्दा रीसका आवेगहरु झनझन दन्कीए
यि नरपिचाशलाई सजायं दिन सकेको देख्दा, आफुलाई नर्क पुर्याउने पापीहरुलाई कमसेकम सजायं दिने उनकाृ शाहस देख्दा
उनको साहसको लागि अभिवादन गर्न मन लाग्यो ।
उनलाई यसरी नै आंट र जोश थपिदिन मन लाग्यो ।

गडगडाहट तालिले उनीहरुकोको स्वागत गरीरहेको त्यस कुरुप सभा हेर्दा
सभाका केन्द्रमा पर्ने गरी अगाडि पटी भित्तामा भुण्ड्याईएका निर्मला पन्त र सम्झनाका फोटाहरुमा टक्क आंखा अडिए
सातै प्रदेशका अतिथिहरुले आफ्ना बलात्कारीहरुलाईे सजायं दिएको दृष्य देख्दा, बलात्कारीहरुले माफी मागिरहेको दृष्य देख्दा
निर्मला र सम्झनाका फोटाहरु छुन मन लाग्यो।
कतै उनिहरुका आत्माले शान्ति पाउंदैछन कि सोध्न मन लाग्यो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: