बादी विज्ञप्ति


प्रकाशित मिति :2020-11-01 17:28:18

-प्रगती राई-

आइमाई हुँ साहेब !
अनुहारभरि नियतिले पोतिएको मोसो लिएर
ह्वाह्वार्ति आक्रोश बल्दै
सार्वजनिक उभिएकी छु आज ।

मेरो वासनाजति सबैसबै
साहेबला सुम्पिसकेँ, भन्थेँ
मभित्र दुर्गन्ध मात्रै बाँकी छ, भन्थेँ
तर त्यो दुर्गन्धभित्र पनि साहेबलाई भनेर
एउटा महत्वपूर्ण कुरा सुरक्षित रहेछ
जसका लागि साहेबको चिप्लो जिब्रो
¥याल चुहाउँदै मेरो पाउमा आइपुग्यो
जसका लागि साहेबका महँगा हात
विनम्रले जोल्ठिएर मेरो अनुहारमा आइपुग्यो
जसका लागि साहेबका गौरवशाली गोडा पनि
मेरो जीवनको अनकन्टार भीर छिचोल्दै
मकहाँ शिर निहुराए आइपुग्यो ।
साहेबको आगमनमा
मेरा लागि ल्याइएको सगुनको पोको
मेरो हातमा थमाइयो
जसभित्र कलात्मक पाराले प्याकिङ गरिएका
रसबरी भाषा/नौनी स्वभाव
र, झर्झराउँदो सपनाका हारहरू उपहार थिए ।
अचानक यस्तो भएकोमा म त झन्डै ढलेको ।

कहिल्यै सपना नदेख्ने मेरा आँखामा
यी महँगा उपहारहरु बिझाए मात्रै मलाई
कहिल्यै मीठो स्वाद चाख्न नजोको मेरो जिब्रोमा
साहेबले दिएको रसबरी माया पर्परायो मात्रै
कहिल्यै आत्मीय नभोगेका मेरो दिललाई
साहेबको यो प्रेमिलो साथले चहरायो मात्रै
बाँसको जरामा कुँदिएको आकृतिजस्तो देखिएँ हुँला म
साहेबले खुब मनपराएर भन्यो–
‘तिमी अझै जिउँदो छौ, लौ माग ! तिमी के चाहन्छौ ?’
मान्छे हुनुको रगतले मैले पनि
पहिचान र इज्जत मागेँ
छानो थर मागेँ
जसका लागि मसँग सुरक्षित चिज
साहेबलाई दिनुपर्ने रहेछ–त्यो हो चुनाबी भोट
त्यही भोटको भ¥याङ चढेर
साहेब त कता हो माथि पुग्यो ।
मैले देख्न भेट्न सक्दिनँ ।

सडकबाट सोधिरहेछु–
साहेब !
तिमीले बनाएको विधानमा
बादी हुनुको स्थान कहाँनेर छ ?
तिमीले बनाएको नयाँ सरकारमा
बादी हुनुको पहिचान कहाँनेर छ ?
भनिदेऊ बरु! बादी शब्द मेरो देशको होइन
भनिदेऊ बरु ! बादी मेरो देशको नागरिक होइन
तिमीले नङ्ग्याएको चोट
चोट नभएर आगो भएको छ आज
आइमाई हुँ साहेब !
तिमीले नै नङ्ग्याएको नाम लिएर
सार्वजनिक उभिएकि छु आज सडकमा ।

सोहबका जस्तै जिब्राहरुले चाटेको मेरो कुरकुरे वैश
साहेबजस्तै नसालुहरुले रित्याएको मेरो जवानी
साहेबका जस्तै हातहरुले च्यातेको मेरो कुमारी पेटीकोट
र आमा बन्न लालायित रहरलाई मारेर
साहेबकाजस्तै ओठहरुले चुसेको मेरो निर्दोष स्तन
यी सबैसबैको हिसाब गर्न
सार्वजनिक भएकी छु
आइमाई हुँ साहेब !
दनदनी आक्रोश बल्दै
तिमी गुड्ने यो चिल्लो सडकमा
नाङ्गै उभिएकी छु ।

आफैँले सिकाएको क्रान्तिको गीतले
आज बिझायो तिमीलाई ?
मेरो नामभरि आफैँले पोतेको
आफ्नै वीर्यको दाग घीन लाग्यो तिमीलाई
अन्यायको पर्दा हाले र बस्ने तिम्रो दरबारलाई
आफैद्धारा लुटिएकी मेरो फरियाले कस्यो तिमीलाई ।

मेरो नाम नाङ्गो छ /मेरो जात नाङ्गो छ
म जहाँ जहाँ उभिन्छु /त्यहाँ त्यहाँ धर्ती नाङ्गो मानिन्छ
एकदम जीउछाडा आइमाई बनाइएँ साहेब ’
लोकतन्त्रको रेशमी साडीले मेरो लाज छोपिन्न
तिम्रो आश्वासनको प्यालाले मेरो उन्मक्तिको बाटो बन्दैन
सदियाँदेखि नङ्ग्याइनुको चर्को चोठको यो सर्त सुन !
अथवा, यो घीनलाग्दो नामको खतरनाक निर्णय सुन !
मलाई तिमीजस्तो बनाउन चाहान्नौ भने
मजस्तो चाहिँ तिमीलाई अवश्य बनाउँछु ।

आइमाई हुँ साहेब !
एकदम जीउछाडा बनाइएकी आइमाई
दनदनी आक्रोश बल्दै
तिमी गुडिजाने चिल्लो सडकमा
नाङगै उभिएकी छु आज /सार्वजनिक उभिएकी छु आज ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: