आकाश


प्रकाशित मिति :2020-11-11 13:10:18

-कविता राई गाउँले-

मैले बन्न चाहेको कहाँ होर?
तिमीले नै बनाएको हो मलाई
आकाश ….

शिर उल्टाएर हेर त
तिम्रै आँखा माथी
तिमीले नै चाहे जति
आयतनको उ पर सिमा नाघेर
फिजिएकीछु असिमित …

कहिले आखाँले बटुल्छौ मलाई
कहिले मनको छेकबार लगाउँछौ
फेरि त अनगिन्ती रहरका ताराहरूले सजाउँछौ
म आकाश
रातमा पनि उस्तै रंग बांच्नु पर्ने
दिनमा पनि उस्तै रंग बाँच्नु पर्ने
कि म सधै तिमीले हेरिमागेर बाँच्नु पर्ने?

कहिले कुहिरोले ढाक्छौ मलाई
र लुकाउँछौ दुनियाँसंग
कहिले त्यही कुहिरोको पर्दा च्यातेर आफ्नो अनुहार देखाउनु भन्छौ

निलो निलो…अझै निलो हुनु भन्छौ
फेरि
मलाई देखेर आफैँ कालो हुन्छौ

तिम्रो कालो अनुहार देखेर
के म पनि आफ्नो अनुहार कालै बनाउँ?

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: