कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग


प्रकाशित मिति :2020-11-22 20:02:00

बाल अधिकारको सम्मान, संरक्षण र संवर्द्धनको लागि संयुक्त राष्ट्र संघद्वारा बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ जारी भएको आज ३१ वर्ष पूरा भएको अवसरमा मानव अधिकार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिकाको हक र संरक्षणको बिषयमा गम्भीर हुन आग्रह गर्नुका साथै यस अवसरमा आयोग सम्पूर्ण बालबालिकाहरुप्रति शुभकामना व्यक्त गर्दै आग्रह गरेको छ ।

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेका प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयनका लागि देशको संविधान, ऐन, नियम र कानुनहरुको व्यवस्था गरी कार्य गरिरहेको छ । तर अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिबद्धता, कानूनी व्यवस्था, अदालतका फैसला तथा राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा बालबालिकाहरु अझै पनि पोषण, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित हुनुका साथै बालविवाह, बालश्रम र हिंसाबाट पीडित हुन पुगेको आयोगको अनुगमनबाट पाइएको छ । सामाजिक वहिष्करण, डर, त्रासलगायतका कारण बलात्कार तथा यौन हिंसाबाट पीडित बालिकाहरु न्याय प्राप्तिको अधिकारबाट वञ्चित हुनुपरेको आयोगको अध्ययनको क्रममा देखिएको छ । पछिल्लो समय कोभिड–१९ को महामारीको अवस्थामा गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाहरुको वैकल्पिक शिक्षामा पहुँच पुग्न नसक्दा शिक्षाको समान पहुँचबाट समेत बालबालिकाहरु वञ्चित हुन पुगेको देखिन्छ ।

आयोगले बाल अधिकार सम्बन्धी महासन्धि, संवैधानिक तथा कानूनी व्यवस्था, अदालतका फैसला र आयोगका सिफारिसहरुहरुको प्रभावकारी कार्यान्वयन गर्न तथा बाल विवाह, बालश्रम, बाल यौन दुर्व्यवहार जस्ता बाल हित विपरीतका घटनाहरु निराकरणका लागि विशेष कार्य गर्न आयोग नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको प्रवता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: