मखमली सम्झना


प्रकाशित मिति :2020-11-22 12:16:05

-सुष्मा रानाहँमा-

घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी
मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी
धानका बाला झुलेर खेतका गह्राहरु
मास पाकेर आलीहरु रमाउदै गर्दा
उसो त बारीका कान्लाहरु,
आगन डिलहरुलाई हसाइरहेका हुन्थे
फुलेका ति सयपत्री,गोदावरी,मखमलीहरुले ।

यतिबेला कता पुगिन् होली जीवन भट्याउदै भैलेनीहरु?
हो उनीहरुलाई नै पछ्याउन मन छ
त्यही गोरेटोहरुमा।
औंशीको रातमा बल्ने ती उज्याला सलेदो वाला कुपिहरुले बोलाएका दिपावलीमा
फेरी रम्ने मन छ
त्यत्रै भएर, त्यस्तै भएर ।
बलिराजाले पठाएकाहरुले
भट्टाएका देउसिरे,दिएका आशिष्
त्यही सिकुवामा उभिएर अझैं सुन्न मन छ ।

पटकाहरु पट्काएर जति खुशी हुन्थियौं हामी त्यतिबेला
आफै मनमा बज्ने पटेकाहरुले त्यतिनै दुखाइरहेकोछ,यतिबेला
हो,झिलीमिली छ यो शहर
यहाँ सधैं साँझहरु श्रींगारिन्छन् दिपावली बनेर

तर !
साथमा छैनन् मेरा दाजुभाई !
आरोहरअवरोह हरुमा फुल्ने
पुष्प गुच्छाहरुको केही मालाहरु जिन्दगीको धागोमा उनियो
सप्तरंगी इन्द्रेणीहरु खोलातीरमा देखिएजस्तै
भीरमा पनि देखियो ।
सालुन्ने आइदिन्छ घुम्दै-घुम्दै भाइटिका
सधैं दिपावलीझैं श्रींगारिएको शहरमा
तर ! साथमा छैनन् मेरा दाजुभाई !
नटुटोस् जीवनमा उत्साहको सप्तरंगी
नफुटोस् सम्बन्धको धैर्यता,ओखर जस्तै
म जहाँ छु त्यहीबाट उनिदिएकीछु,कहिल्यै नओइलिने मखमली सम्झनाहरुका माला मेरा दाजुभाइहरुलाई।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: