म पूरा , तिमी आधा


प्रकाशित मिति :2020-11-24 15:34:33

-मन्जु काँचुली-

तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल
मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा निर्निमेष छाल
तिमी–अस्तित्वको एक क्षणिक रुप
म– अस्तित्वकी शाश्वत स्वरुप

म (आकाश) नहुँदा तिमी बादल विचलित हुन्छौ
म (पानी) नहुँदा तिमी लहर सृष्टिअघि नै विसर्जित हुन्छौ
मेरो अस्तित्वमा तिमी निर्लिप्त हुन्छौ र हराउँछौ
मेरो उचाइको शिखरमा तिम्रो आरोहणको अन्त्य हुन्छ
तिम्रो नदीको लक्ष्य मेरो महासगर भेटेर टुङ्गिन्छ

म पूर्ण, तिमी स्थायी
तिमी अधुरो , तिमी आधा
म स्थिति अन्तज्र्ञान, तिमी अस्थिर तर्कविशेष
म संरचित शान्तिको पूर्ण कलश
तिमी अनियन्त्रित बेचैनीको आधी गाग्रो

शरीरको धरातलले मात्र विभाजन गर्दैनौ भने
आऊ, अस्तित्वका सबै आयामहरु बाँडौँ परस्परमा
फेदीदेखि पुष्पकोशसम्म , पाइतालको जगदेखि मस्तिष्कको छतसम्म
अनि मात्र बराबर
नत्र सधैँ म पूरा, तिमी आधा
तिमी मेरो सिर्जना ममै हराउँछौ
आहो ! मविना अधुरो तिम्रो संसार
आहा ! मसहित मधुर तिम्रो संसार
मेरो आसपास घुमिरहने तिमी–ग्रह
म पूर्ण नक्षत्र
मेरो पूर्णतामा स्थायित्व छ

तिम्रो अपूर्णतामा मात्र अस्थायित्व छ
तिम्रा लागि म जीवनको परम रहस्य हुन सकुँला – कहिलेकाही
तिम्रै शब्दमा “स्त्रैण रहस्य” हुँला , ‘अतार्किक चिन्तन’ हुँला
तर मेरो त्यस्तो गणितीय हिसाब हुँदैन कहिल्यै
म साहू होइन , मात्र किसान – लहलह सरल हृदयभरि धान
एउटा नयाँ सभ्यता मेरो हृदयबाटै सुरु हुँदै छ सायद
त्यो हारेर मात्रै पाइने नारीको जित होइन – पुरातन
त्यो धूलोमा फालिएको अपमानित अस्तित्व होइन – प्रचीन
नयाँ संस्कृतिको आधार मेरो पाइलाले सुरु गर्दै छ
प्रेम, सहानुभूति र दयाको संस्कृति रही नै रहनेछ
जित– हारको होइन,
त्यो मेटिनेछ
जिन्दगीका लागि,
त्यो साँचिनेछ
आखिर शाीन्तले बाँच्ने निष्ठाका लागि
हर चीज बराबरका लागि

अग्निकाण्डमा होमिएका प्राणहरु
कैँयौँ बाजि युद्घमा मरेका मनहरु
भाइ, छोरा, बाबु र पतिका लागि मरिमेटेका त्राणहरु !
शक्ति र आवाजको उपयोग गरुँला, त्यो बेग्लै कुरा
प्रेमको सीमा हुँदैन रे, हिंसाको रेखा म नमानुँला
त्यो बेग्लै कुरा
आऊ तिमी आउनु छ भने मेरी छोरीका लागि अर्कै सक्कली अनुहार लिएर
फैलिएर मनको आकार र आयतनमा, पेखरीबाट महासागरमा
धूलोको एक कणबाट अपार धरतीसम्म
नसाको जरादेखि रुखको सम्पूर्णतासम्म
पूर्ण भएको हुर्न चाहन्छु म तिमीलाई
आकारदेखि अस्तित्वसम्म
नत्र जन्म – जन्मसम्म म सधैँ पूरा
तिमी सधैँ आधा

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: