युद्ध बिरामको घोषणा


प्रकाशित मिति :2020-11-26 14:29:02

-जानु काम्बाङ्ग लिम्बू-

(हाल बेलायत)

न तिमीलाई बुझ्न सकेँ न मलाई बुझ्न सक्यौ तिमीले
तेसै तेसै मोडीए हाम्रा पाइलाहरू
उचालेर शंकाको पहाड ।

उक्लिरह्यौ तिमी शंकाको पहाड
म ,
डुब्दै गएँ धैर्यको पोखरीमा
बिस्तारै हाम्रो दुरी हिमाल झैँ अग्लिंदै, अग्लिंदै गयो ।

हाम्रो माया प्रेमका कुराहरू
सागरको ढुङ्गासरि खिएर गए
उर्लेका घमण्डका छालहरूसँगै बगेर गए बाचा कसमहरू ।

अल्झिए बिश्वासहरु मनको भिरपहारातिर
बालुवासरि विभत्स भएर छरिए हाम्रा सुन्दर सपनाहरू
दुइ मनका किनारामा ।

जिन्दगी बिछोडको करौतीले यस्तरी रेटियो कि
न रह्यो बाँस, न बज्यो बाँसुरी
सायद !
जिन्दगीलाई सुमधुर भाका हालेर बजाउने ढंग पुगेन
हेर्दा हेर्दै भत्कियो हामीले बनाएको पिरतीको घर
दोसाँधमा पुगेर रोकियो जिन्दगीको यात्रा ।

तर,
खोइ किन किन
निराशा बीच पनि थुप्रै आशाका
सुनौला किरणहरू झुल्किरहे मेरा मनमा
सोँचे, सम्झें, मनमनै कल्पना गरेँ ।

तिमीले मिर्मिरेमा रुमाल हल्लाउँदै
पालामका मिठा-मिठा भाकाहरू सुसेलेर
चतुरे मेलामा इसाराले डाकेको कम्ता मात्र प्रिय लागेको होइन ।

अनि,
मेरो छेऊ आउने तिम्रो चलाखीपूर्ण बाहाना
त्यै बेला त हो नि ?
तिमीले सुपारी र ल्वाङ्ग किनेर मेरो हातैमा राखिदिएको
आहा…..साँच्ची…..कति प्रिय है त्यो पल ?

तिमीले नचढ्नु पर्थ्यो घमण्डको पहाड
मैले पनि धैर्यताको बाँध नफुटाइकन सागर भै
तिम्रा चाहानाका ढुङ्गा तारिरहनु पर्थ्यो ?

जे हुनु भै गो बरु आऊ !

ढलेको प्रेमको धरहरा फेरि उभ्याऊँ
अनि,
सँगै मायाको दियालो बालेर
अन्धकारको मैदानमा युद्ध बिरामको घोषणा गरौँ ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: