गांधारी


प्रकाशित मिति :2020-11-27 18:06:55

-रञ्जना लिम्बू-


ए गांधारी!
चढेर युगहरुको अक्कर भीरहरु
नाघेर सभ्यताका अग्ला पहाडहरु
यहाँसम्म आइपुगेर
टक्क अडिएका छन मेरा पाइलाहरु
मलाई तिम्रो अस्तित्व माथी प्रस्न गर्न मन लाग्यो।

के हौ त तिमी?
सफल अर्धाङगिनी?
को हौ तिमी?
पागल प्रेयसी?
त्यो युगकी नायिका?
या फेरी
समर्पण संस्कारकी रचयिता??

तिमीलाई दुनियाले जे सुकै माने पनि
आज म संग तिम्रो अस्तित्वमाथी धावा बोल्नलाई
कैयौ कारणहरु छन।

बाँधेर आँखामा त्यागको पट्टी
स्वीकारेर दासता
तिमी आफूमात्र अन्धी भएनौ
तिमिले त
अन्धो बनायौ
अरु हजारौ हज़ार बर्सहरुलाई।

तिम्रै कारण
कतिलाई
गांधारी बनायो सभ्यताले
गांधारी बनायो संस्कारले
गांधारी बनायो युग ले।

हेर न तिम्रो मौनताको प्रतिफल !
कती गांधारीहरूले देख्नै पाएनन
आफ़्नै अनुहारको आभा
कति गांधारीहरुले देख्नै पाएनन
आफ़्नै मुस्कानको रंग
कती गांधारीहरूले सुन्नै पाएनन
आफ़्नै आवाजको धुन
कती गान्धारीहरुलाई थाहै भएन
साच्चैमा प्रेमको स्वाद कति मोहक हुन्छ भनेर।

तिमीले खडा गरेको चुनौतिमा
खरो उत्रिन नसकेर
कती गांधारीहरु चढे
संस्कारको बली।

हेर न,
तिम्रो मौनता यतिसम्म हानिकारक साबित भयो की..
छोरी भएकै कारण
तोतेबोली फुट्न नपाई
आमाको दुध छुट्न नपाई
लुछिदै छन बरा
चिचिला गांधारीहरु।

कास की तिमिले
त्यो दासताको पट्टीलाई
प्रेम सम्झेर नझुक्कीएकी भए
त्यो मौनताको बन्धनलाई
कर्तव्य ठानेर न ठगिएकी भए
आज मैले मेरो देशको आधा आकाश पनि
छर्लङग देख़्न सक्ने थिए।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: