गैर सरकारी एकान्तबास


प्रकाशित मिति :2020-11-28 17:48:23

-मिश्र वैजयन्ती-

सबभन्दा मायालाग्दो देखिएको छ
भर्खरै किनेको
बुट्टेदार सिरानीको खोल ।
सिउनी जिउँका त्यूँ छ
दुरुस्त छ झल्लरी
तर च्यातिएको छ खोलको पेट ।
कस्तरी च्यात्तिएको सिरानीको खोल !!
धस्केको छ झुत्रो हुने गरि
घोटीघोटी धुँदा पनि
जाँदैन व्यथाको कस ।
कोविडले जकडेको छ मानव जीवन ।

कोविडले जकडेको छ मानव जीवन कि
जकडेको छ हल्लाको दंसले ?
उसको सिरानीले भन्छ
भोकसँग भित्रिँदैछ
विश्वको मृत्युु चेतना उसको घरमा ।

रोएजस्ता छन् सपनाहरू
धर्सैधर्सा छन्
अभाव र निकासका ऐँठनले ।
स्टेथेस्कोप किनेको पहिलो दिन
उसले बारम्बार
सडक र मोबाइलको घन्टी हेरेको थियो ।
कतै नआवस् बैंक र साहू ।

सम्झाएर बढो हिम्मतले
जहान छोराछोरीहरूलाई
बाबू, खाँबो, भरोसा
सपनाको आड बनेको थियो ऊ ।
ढुङ्गा बनाउँदा बनाउँदा छातीलाई
ढुङ्गैजस्तो चिसो हुन खोज्थ्यो ऊ ।
पटक पटक छातीमा राखेर हात
चिम्लन्थ्यो आँखा
र घुटुक्क निल्थ्यो सपनाको रस ।

‘यति यति पानी घे घे रानी
यताबाट जाऊँ हुँदैन
उताबाट जाउँ हुँदैन ।’
धन्य छन् यी बालबालिकाहरू
जसले जाने सामाजिक कथा ।

आफ्नै जीवनका पहाडमा उभिन्थ्यो ऊ
कैयौँ पटक हाम फालेर आगामा
आगैको सास फेरेर बाँच्तै थियो ।

अनेकपटक भन्न थालेको थियो उसले
म श्रापित पुरुष ।
भोकै मारिरहेछु परिवारलाई
श्रमले आफैँ किचिएर मरिरहँदा पनि ।
भतभती पोलेर टाउको
झिक्थ्यो शिरबाट टोपी
जसलाई चढाएको थियो
वहाँ हजुरका पाउमा ।
यस्तो भतभती पोल्छ टाउको कि
कसरी लाउन सक्छन् हँ तिनले टोपी ??
हजारपटक सोधिसकेको थियो प्रश्न
आफ्नै टाउकालाई
किन घोकेन लोकसेवा आयोगका प्रश्न ?
ठोकेर अवसरका भित्तामा आफ्नै निधार
सोधेको थियो प्रश्न
किन पहिरेन सरकारी रातो सिन्दुर समयमै ??

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: