-मनु लोहोरूङ राई-
स्त्री आर्तनदलाई
झ्याउरे लय सम्झेर
परिस्थितिलाई नचाउँदै
लिलाम घटाघटमा
नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-
ए, नकच्चरा झुण्ड हो !
तिमेरुका ऊत्तेजित लिंग र
सचेतनाको समय(तरवारले ठुन्किने छन् ।
याद गर !
यो आँधी खोला र अन्धा(अन्धीको कथा होइन ।
चेतका आँखाहरु अब बन्द छैनन्
ति उघारीने छन्
तिमीलाई जन्माउने आमाबाटै……..
तिम्रै अर्धांगिनीबाट
लेखिने छ इतिहास
घिन लाग्दो तिम्रो चरीत्र विरुद्धको
चुरोटको सर्कोमा लेखिएका
ति महिला मुक्तिका दस्तावेजहरु
गिलासको सङ्लो पानीमा
धमिलिएका मुक्तिकामी आवाजहरु
‘सारांशमा’ – मानवाकृतिका राक्षसलाई
अब,पेटीकोटमा लत्पतिएका तिम्रो विर्यहरुमा
छिटै खुट्याईने छ ।
आदिम कोकसाश्त्रलाई अनर्थको टालोले लपेटेर
किन काखीको न्यानोमा च्यापी रहेछौ हँ ???
हेरेर बल्त्करीको चर्तीकला
आँखा चिम्ली रहेछ – ऊ
सुनेर पनि बालिकाको चिच्याहट
नसुने झैँ गरी रहेछ – ‘ऊ’
सुनेर पनि न्यायको आवाज
कुल्ची रहेछ – ऊ
अस्मिता लुटेको देखेर पनि
मुख छोपी रहेछ -ऊ
हो ऊ = त्यही बलात्कारी सत्ता
हो ऊ = मुकुण्डोधारी सत्ता
हो ऊ = घुसखोरी सत्ता
हो ऊ = भ्रष्टचारी सत्ता
हो ऊ = व्यभीचारी सत्ता ।
अब म झक्झकाउनेछु
गाउँका गोरेटोहरूलाई
म उठाउनेछु
शहर पेटीका धुलोलाई
म उक्साउनेछु
बाध्ययताले पेशेवर बनेका कोठीहरूलाई
यो पातकी आयमले
खर्लप्पै निलेको समयलाई
आफ्नै गिदीमा स्वचेतको लाभा उमारेर
चेतनाको विर्य हाली दिनेछु
प्रत्येक आईमाईहरूको
गर्भासयमा-
कि प्रत्येक दिन जन्मिउन्,,,,,,
श्रापित युगलाई नामेट पार्ने रोबोर्टहरु ।
लुटिएको नारी अस्मिताको क्षतिपूर्ति भर्पाइमा
मेरा नजरहरु दौड़ी रहँदा
आफ्नै शरीरका रौँ-रौँमा चेतना तङ्ग्रिरहेका छन्
यही चेतना रोपी दिन्छु,
प्रत्येक दिन जन्मिने शिशुहरुको दिमागी मैदानमा-
कि हुर्किए पछि
ढाली दियोस् ,
त्यो हिंस्रक जनावरहरूलाई ।
म = ‘नारी’ भित्र पनि
चेतनाको पर्दा कतै लत्रिएको छ
कतै हावाले पेन्डुलम बनाउँदा यहाँ,
समयकै पोल्टबाट मान्छेको बुद्धि हुत्तिएर
‘महिला तथा समाज कल्याण’
ठहरै मरिरहेको वर्तमान-
उही न्यायलय बाटै बलत्करीलाई
आश्रयको खास्टो ओढाई रहँदा
महिला मन्त्रिहरु र
महिला अधिकार बक्ने
संघसंस्थाको पनि आँखा छोपिएको छ हँ ???
कि दिमागी भित्ताहरुमा मन्त्रिपद र
कुर्सी-लालचाको ब्यानर पो टाँगिएछ हँ ???
याद गर !
यो आँधी खोला र अन्धा अन्धीको कथा होइन ।
चेतनाका आँखाहरु बन्द छैनन्
अब ति उघारीने छन् ति
तिमीलाई जन्माउने आमाबाटै ।
(हाल अमेरिका)
Comment Here!