-सुशीला निनाम-
युगौ देखि
मेरो चेत माथी बलात्कार गरिरह्यो
बौद्धिकता माथी बलात्कार गरिरह्यो
स्वतन्त्रता माथी बलात्कार गरिरह्यो
पितृसत्ताले ।
मलाई म हुन दिइएन
मेरो मस्तिष्कमा जवरजस्ती राखियो वधुशिक्षा
उभ्याइयो ग्रेटवाल जस्तो मर्यादा को पर्खाल
बनाइयो कैदि ।
आज म
बलात्कृत चेत
बलात्कृत बौद्धिकता
बलात्कृत स्वतन्त्रता को न्याय , क्षतिपूर्ति माग्न
२१ औ शताब्दी को आधुनिक पितृसत्ता अगाडि उभिएको छु ।
देख्दै होला मलाई पितृसत्ताले
सर्कस को जोकर
तर त्यो गल्ती नगर्नु
ओ पितृसत्ता !
मस्तिष्कमा मनमा सधै लिङ्ग बोकेर हिड्ने
त्यो पुरुष जत्था लाई
म एम्बुस बनेर ध्वस्त पार्न सक्छु ।
Comment Here!