-रञ्जुश्री पराजुली-
छोरी तिमी माथि आफन्तहरूले नै
गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।
पानी थाप्न पधेरो नजाउ छोरी
तिमी र तिम्रो टल्किएको घल्चा
उभिन्डो बनाई बेपत्ता तुल्याउँछन्
साथीहरुसङ्ग घांसपात गर्न पनि नजाउ
सुकेका पात पत्करहरूले सम्म पनि
तिमीलाई सुरक्षित राख्दैनन्।
काँधमा पुस्तकको झोला बोकेर
भविष्यमा स्वाथ्य परिचारिका भई
सेवा गर्छु आफ्नै गाउँका निर्धनहरुको
भन्दै पाठ्शाला पुगेकी तिमी
यहीबाट वेपत्ता भयौ ,हरायौ
घर आगंनलाइ शून्य बनाउँदै
आमा बाबालाई पिडामा डुवाउँदै ।
महिनौ बित्दा पनि तिम्रो पत्तो लागेन
लामो समय पछि तिम्रै मायालु टाटेकुकुरले
आफ्नै आँगनमा तिम्रो अंङ्गको टुक्रो
आँसु झारेर कुरेर बसेको देख्दा
हाम्रो आसुँको भल बगिरयो
निरीह निशब्द भएर खसी रह्यो ।
छोरी घरबाट बाहिर ननिस्क
तिमी जहित्यही असुरक्षित छौ
आफ्नैले समेत तिम्रो अस्मिता लुट्छन्
अनि जीवन नै सिध्याउँ छन् ।
किन कि तिमी छोरी हौ
यहाँ तिम्रो पहिचान छैन न त छ पहिचान!!!
Comment Here!