हामी नाभीहरू


प्रकाशित मिति :2020-12-03 12:15:00

-लिला सिंगक लिम्बु-

बुवा आमाको मुटुको टुक्रा
८ नाभिहरु हामी
हामी केही रहर सँग आयौ
केही सपनासँग
त केही परिस्थितिहरुसँग
जसरी आयौ
बुवा आमाका प्रीय नाभी भएर आयौ !

रहर र सपनाको पहिलो नाभी
३४ साल तिर आउँदा आउदै
सुक्न नपाउदै माटोमा मिल्यो
त्यसपछीका ७ नाभी हामी
आमाको पेट्बाट छुट्नासाथ
बडो प्रेमले कागजको टुक्रा भित्र
उनि धागोले बाधिएका
अझै सम्म र अझ आजुनी
आमाको न्यानो कम्मरमा
थैली भित्र सुरक्षित नाभिहरु हामी !

जब छाती चहर्याउछ
आखा फर्फराउछ
सपनाहरुमा अनिस्ट संकेत हुन्छ
बुवा आमा ७ नाभीबाट घटेर
६ भएको पिडाले छटपटाउछन !
र खोल्छन आमाको कम्मरको थैली
सुम्सुमाउछन आफ्नो नाभीहरु
कङ ..
मुच्चु/थुम्बी
सानु
कान्छा
पुड्का (स्व २०६९)
पेती
सेती
नानी !

आमा बुवाको बाकी ६ नाभिहरु !
आमाको पोल्टोमा त केवल
उनि धागोले बाधेको टुक्राहरु मात्र छ !
हामी त छताछुल्ल छौँ
केही समयको दोस होला
केही बिकास र प्रबिधिको प्रभाव होला
केही शासन र सत्ताको असर होला
कतै सस्कारको निरन्तरता होला
मुख्य त हामी सबैको केही स्वार्थ होला
भनौं सबैका पखेटा पलाए !

खैर !
नाभीहरुको सिर्जना र खुशीको लागि
सिध्याउनु भएको जिन्दगीको अर्मल
तागेरा माङ्ले मात्र भर्न सक्दो हो !
बाकी त केवल
तपाईहरुले देख्नु भएको सपना
हाम्रो सपना बनाउन सकु
तपाईंहरुको मुस्कानको कारण !
तपाईको नाभी बन्न सकु
नाभी सङ्गै लिएर आएको
सस्कार पहिल्याउन सकु
ठूलो सपना केही छैन
बस
कहिल्यै मन दुखाउन नपरोस !

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: