आकृती


प्रकाशित मिति :2020-12-06 13:13:59

-निशा के.सी-

हाम्रो घरबाट मुख्य सडक भेट्न अलिकति कच्ची बाटो हिँड्नु पर्छ। पुसको चिसोले कठ्यङ्ग्रिएका नर्कटघारी हुँदै म मर्निङ वाकमा अघि बड्दै थिएँ । अलि अगाडि बाटोमा एउटा कालो मानव आकृति नर्कटघारी तर्फ फर्केर पिसाव फेर्दै गरेको जस्तो लाग्यो । सोचेँ कहिलेकाहीँ मान्छेलाई अप्ठ्यारो पर्छ । मर्निङ वाकमा हिँडेको होला बाटैमा पिसाबले च्यापेपछि के गरोस् विचरा !! सामान्य कुरा थियो । सामान्य रूपमा लिएर म बाटोको अर्को पट्टि छेउ भएर हिँड्न थालेँ । जब म त्यो आकृतिको अलि नजिक पुगेँ । अचानक त्यो आकृती फरक्क फर्कियो र मलाई च्याप्प समायो । बाघको जस्तो त्यस्को अप्रत्याशित झम्टाईले मेरो सातो उड्यो । डरले मुटुको धड्कन बड्यो । हात खुट्टा थर्थरी काम्यो । मैले आफूसंग भएजत्ति सम्पूर्ण बल लगाएर केही बेरको संघर्ष पछि त्यस्को पंजाबाट आफुलाई फुत्काउन सफल भएँ । बाघको मुखबाट फुत्किएको हरिण झैं अघिपछि कतै नहेरि दौडिरहेथेँ । हड्बडले गर्दा एउटा ढुंगा मा ठेस लागेर लडेँ । त्यो आकृती लमक लमक लम्किएर मेरो नजिक आउँदै थियो .!! खै कहाँबाट मेरो मनमा अत्याधिक साहस भरिएर आयो । रिसले दारा किट्दै त्यही ठेसलागेको ढुंगा टिपेर उँठेँ र त्यस्लाई ताकेर हानेँ । ढुङ्गा सीधै त्यसको टाउकोमा लागेछ क्यारे ..!! टाउको समाउदै त्यो आकृती भुइँमा ढल्यो ! म दायँ बायाँ कतै नहेरी एकसासमा दौडिएर मुख्य सडकमा पुगेँ ।

सडक सुनसान थियो । सदाका झैं मर्निग वाकमा हिँडेका मान्छेहरू थिएनन् । सडकका दायाँ बायाँ रहेका सटरहरू उघ्रिएका थिएनन् । बाटो बडार्दै गरेका कुचिकारहरू थिएनन् । थिए त खाली मेरा खुसीले धड्किरहेका धड्कनहरू । बिजयमा थरथर कामिरहेका मेरा पदचापहरू । भुस्याकुकुरहरूको कुइँ ..कुइँ ..र भुकाई । निकै अघि बढिसक्दा पनि मान्छेहरूका कुनै चहलपहल नभेटेर म छक्क परेँ । सधैं त म वाकमा निस्कँदा पसलहरू खुलिसकेका हुन्थे । मान्छेहरू मर्निङवाकमा हिँडिरहेका हुन्थे । मोवाईल खोलेर समय हेरेँ । दुई बजेर पन्ध्र मिनेट मात्र भएको रहेछ !! ओहो ! पाँच बज्यो भनेर मर्निङवाकमा निस्किएको थिएँ । निन्द्रामा दुईलाई पाँच देखेछु । अघिन मलाई समाउने त्यो आकृति के भुत थियो त।।रु डरले मुटु ढक्क फुल्यो । अहँ त्यो भूत हुनै सक्दैन । त्यो आकृतीसंगको एकछिन अघि आफूले गरेको संघर्ष सम्झँदै म अर्कै बाटो भएर घर पुगेँ । मनमा अनेक कुराहरू खेलाउँदै सिरकमा घुस्रिएँ ।

बिहान दूध वालाले डोरबेल बजायो । ढोका खोलेर डेक्ची थापेँ । डेक्चिमा दूध खन्याउँदै उसले भन्यो ..! “म्याम आज राति भित्री बाटोमा एउटा मान्छे मारेर फालेको रहेछ .नि .! हेर्नेहरूको भिड छ…!! हजुर हेर्न गइसिन्न..?”

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: