नेपाली महिलाको योगदान बारे समेटिएको एैतिहासिक पुस्तक “नेपाली महिलाहरुको ऐतिहासिक आन्दोलन एक शताब्दी ” पुस्तक बिमोचन
नेपाली महिलाको एैतिहासिक आन्दोलन एक शताब्दी किताब आज काठमाडौमा बिमोचन भयो ।
नेपाली महिलाले समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याएको योगदान समेटिएको यो किताबले आउने दिनमा नेपाली महिलाको बिषयमा खोज अनुसन्धान गर्ने भावी पुस्ताको निम्ति महत्त्वपूर्ण स्रोतको भुमिका खेल्नेछ ।
२०४ यताको सम्पुर्ण ईतिहास समेटिएको यश पुस्तकमा सामाजिक राजनैतिक आर्थीक शैक्षिक लगायत १५ क्षेत्रको बिषयमा आआफ्नो क्षेत्रमा सकृय महिलाहरुको लेख समेटिएको छ । कार्यक्रममा अथितिहरु कार्यक्रममा अथिति अम्बिका क्षेष्ठ ले महिला र पुरुषको साझेदारीको अभियान नै आजको आवश्यकता हो र यो पुस्तक महिलालाई बुझ्नको निम्ति महत्वपूर्ण दस्तावेज हुनेछ ।
कार्यक्रममा उपस्थित अथितिहरु जनता समाजवादी पार्टीकी हिसिना यमीले अहिलेको नेपाली महिलाको समस्या निरन्तरता हो । यो किताबले महिलाको आखाबाट यो समाजलाई बुझ्न र विश्लेषण गर्न सघाउ पुर्याउन सक्ने छ । एसियामै फरक संरचनागत भुमिका र ईतिहास बोकेको यो सस्था आफैमा सम्मानित छ भन्ने अभिव्यक्ति दिनु भयो ।
नेपाली काँग्रेस संसदीय दलको सचेतक पुष्पा भुसालले जबसम्म पुरुषहरुले महिलाको अस्तित्वलाई सम्मान गर्दैन आत्मासाथ गर्दैन तबसम्म महिलामुक्ती सम्भव छैन । हिजोको दिनमा साहाना प्रधान र मंगला देबी शिंहले लडेर ल्याएको अधिकार अहिलेको पुस्ताले चाहिँ उपभोग गर्न चाहान्छ तर नेपाली समाजमा हरेक दिन आज पनि बालिकाहरु बलात्कारको सिकार भैरहेका छन् तर यो किताबले नेपाली समाजमा नेपाली महिलाले पुर्याएको योगदानको निम्ति ईतिहास कोरेको छ त्यसकारण आफैमा यो किताब प्रकाशनको निम्ति धन्यवाद छ भन्दै अबको दिनमा फेरि युवा पुस्तालाइ समेट्न अनुरोध गर्नु भयो ।
राज्य सुशासन समिति अध्यक्ष शशी शेष्ठले कतिपय अवस्थामा संबिधाननै बिवेदकारी भएको अवस्थामा पुस्तकले बहुआयामीक बिषयलाई समेटेको कारण यो पुस्तक आफैमा महत्त्वपूर्ण हुनुको साथै आफु यो संस्थाको संस्थापक भएको कारण खुशी लागेको बिचार व्यक्त गर्नु भयो ।
यस अघि यति धेरै बिषय समेटिएर किताब नआएको कारण पनि यो पुस्तक आफैमा महत्त्वपूर्ण छ विभिन्न १५ क्षेत्रको बिषय समावेश गरिएको यो पुस्तकले पछिल्लो पुस्तालाई ईतिहासमा नेपाली महिलाहरुको गरेको सघर्ष र योगदानलाई बिषयमा बुझ्न सघाउ पुर्याउछ ।
२०४७ सालमा ७ बर्षको बालिका बलात्कारको घटना पछि स्थापित यो संस्थाको देशभर ३६ शाखा र ५६ विभिन्न महिला हक अधिकार र मानव अधिकारको निम्ति सक्रिय संस्थाहरु आवद्व छन् ।
पुस्तकमा आआफ्नो पेशा र क्षेत्रमा कृयाशिल ४४ महिलाहरुको लेख समावेश गरिएको छ ।
घोष राईटिङका अध्यक्ष कमल ढकालले शुभकामना मन्तव्य र कार्यक्रम संचालन बरिस्ठ पत्रकार टंक ढकालले गर्नु भएको थियो कार्यक्रमको अन्त्यमा संस्थाको उपाध्यक्ष कल्याण शाहले स्वागत गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
Comment Here!