-रश्मि रिमाल-
कसले सुन्छ र हामी महिला का कुरा
हामी तन भरि खुलेर हिडे पनि
मन भरि खुम्चेर पिरोलिएर
कालो विरहसगै
खहरेको गदगद हिलो मा
पछारिएका छौ,
हामी ।
पुरूषको खेलौना बाहेक
आज केही हुन सकेनौ
हामी पनि ।
कुसुम कालिका हौ।
त्यही मात्र होइनौं हामी ।
पनि
कुसुम कालिका हौ।
त्यही मात्रै होइनौं
हामी
प्रणयपुतली
सयपत्रिका थुँगै थुँगामा
कस्तूरी को बास्ना छरेर
मीठो भाकामा
तिहारको भैली गाउँदै ।
नाङ्ला भरि सगुन थापेर
आर्शिवचन दिदै
धर्तिको प्रदक्षिणा गर्न
सीता ,पार्वती,र गार्गि हौ।
हामी संग
भाबना को असमेल मेल छ।
खै कसले हाम्रो भावना को
नदि तर्न सहास गर्यो ।
मयुर र बासुरी हौ।
र हिमालै हिमाल को मुस्कान हौ।
अनि ।
हामी गीत र संगीत पनि हौ।
हामीलाई भनेर कोही हसाउदैन
हामीलाई भनेर कोही गाउदैन
हावाले उडाएर लैजान्छ।
हामीलाई स्वर्ग मा दूध चुसाउदै
तन्नेरी पाखुरा ले
संसार पुर्ण गराउँदै
हामी
पृथ्वी को निर्जली हुन चाहान्छौ ?
तर
हामीलाई कोही पत्याउँदैन
बरू बास्नाको मुहान ठानेर
बल्लात्यकार को शिखार
बनाउछन।
हामी ।
पालुवामा वसन्ती धरा भएर खुल्न
चाहान्छौ
तर हामीलाई
आफनो आमा ,छोरी र
कुशल गृहणी ठानेर
कोही छौ त माया गर्न ?
Comment Here!