-सम्झना असफल-
म सोचिरहन्छु
किशोरीहरुका लागि
एक आमसभा राखु
सबै किशोरी हरुलाई समेटेर
मेरो मनभरीका गनथन सुनाउ
किनभने किसोराबस्था अफठ्यारो छिचोल्ने अबस्था हो
आरनमा उबालिएको रातो फलाम झै
आकार प्रकारमा ढल्ने अत्यन्तै उन्नत अबसर पनि हो
म, सबै किशोरी मनहरु जम्मा गरेर
प्रथम महिनावारीका कविता सुनाउन चाहान्छु
स्तन वृद्धि का आफ्ना अनुभूति
जम्मामा बाट्न चाहान्छु दिल खोलेर
ती दुखाई ती आफै भित्रका कौतुहलता
एक किसिम को खुशी भाव
डर र सन्त्रास पनि
हाम्री हजुरमा हरु कथा लाउथे
महिनावारी भएपछी त
स्तन वृद्धि भएपछी त
लोग्नेमान्छे बसेको तातोमा पनि बस्नु हुन्न है
गर्भमा बच्चा बस्छ
महिनावारी हुनु पाप हो
अछुत हुनु हो
छुनु हुन्न बोटबिरुवा मर्छन
लोग्नेमान्छे बौलाहुछन
भान्सामा त घुस्नै हुन्न
आदि आदि ….!
आमाहरुत मायालु हुन्छन्
मेरी आमाले मलाई
सुटुक्क भान्सामा घुसाउनु हुन्थ्यो
कसैलाई न भन्नू है भन्नू हुन्थ्यो
किनकी मेरी आमा
किरात छोरी हुन नित
त्यो भन्दा बेशी मेरी आमा
एक असल क्रान्तिकारी पनि
म सोच्थे
कहिले बीस बर्ष कि हुनु
र सग्राम गर्नु
मेरी आमाले झै
सबैभन्दा बेशी ती छाउ गोठमा
पौष ,मागको ठिहि खेपेर कठ्यग्रीयको मनहरुमा
कहिले बाल्न सक्नु क्रान्तिका मसाल
कुपोशीत गर्भहरुमा कहिले भर्न सक्नु
भिटामिन ,मिनरल्स र पौष्टिक आहारहरु
म कहिले बीस बर्ष पुग्नु ?
र आह्वान गर्नु सग्राममा जानलाई
सबै सबै आमा दिदी बहिनिहरुलाई
र कर्कसले भन्नू सिकाउनु
महिनावारी हुनु त सबैभन्दा शुन्दर पक्ष हो
सबैभन्दा उन्नत पक्ष हो
सबैभन्दा पृथक पक्ष हो
ती सुन्दरता नै तिमी हुनु हो
हामी हुनु हो
जम्मामा सबै सबै हुनु हो
मानव अस्तित्व हुनु हो ।
Comment Here!