चीरकुमारी


प्रकाशित मिति :2020-12-12 17:23:47

-गिता मौनाली-

हिजो म कन्याकुमारी थिएँ ।
आज कसरी बुढीकन्या भएँ ?
म त चीरकुमारी पो त
अर्थात, अविवाहित
मेरो कुमारीत्वलाई जवान राख्ने
वा
बुढी बनाउँने को हौ तिमी ?
एकान्तमा गएर तिम्रा पति
मेरो कुमारीत्व नष्ट गर्न खोज्ने
अनि,
भिडमा गएर तिमी
मेरो नाम परिवर्तन गरी
कन्या कुमारीको ठाउँमा
बुढीकन्या राख्ने ?
वाह !
तिमी पतिपत्नीको चर्तिकला
मेरो कुमारीत्वलाई बाहेक
अरु कसलाई थाहा होला ?
म चीरकुमारी थिएँ र पो
तिम्रा पतिको पत्नीव्रता धर्म
जाँच्न पाएँ
म चीरकुमारी थिएँ र पो
तिम्रा पतिलाई तिम्रो त्यो कोमल
हातले बाह्र मसला हालेर
पकाएको मासुभन्दा
काँचो मासु मन पर्दो रहेछ
थाहा पाएँ
म चीरकुमारी थिएँ र पो
तिमीले तीजको व्रत बसेर
पतिको ला..मो आयु माग गरिरहँदा
तिम्रा पति चीरकुमारीको पाउ परेर
आफ्नै आयु छोट्याउँन विन्ती गरिरहेको
चाल पाएँ
हो, म बुढीकन्या अर्थात चीरकुमारी
यो समाजले दिएको पहिचान
यौन कुण्ठामा जीवित बुढीकन्या
खबरदार !
पतिव्रता पत्नीहरु हो
मप्रति औला ठड्याउँने
आँट नगर
मेरो कुमारीत्व जाँच्ने
धृष्टता पनि नगर
सक्छौ ?
आफ्ना पतिदेवलाई
पत्नीव्रता धर्म सिकाओ
आफ्ना पतिको यौनप्यास मेटाओ
म मेरो कुमारीत्व जोगाउँन
आफै सक्षम छु
मप्रति शँकाको तगारो तेस्र्याएर
आफ्नो अमुल्य समय
खेर नफाल
हे सृष्टिका मालीहरु हो
आफ्नै बगैंचाको
राम्रो हेरचाह गर ।

कवि संचारिका समुहको पुर्व केन्द्रीय सदश्य  हुनुहुन्छ

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: