सरकारद्वारा बिभिन्न आयोगमा पदाधिकारी नियुक्तिका लागि शिफारिस: महिला आयोगमा कमला पराजुली
-महिला खबर-
राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला पराजुली सिफारिश भएकी छन् । सदस्यमा कृष्णकुमारी पौडेल र विद्या सिन्हाको नाम सिफारिश भएको छ ।
अखिल नेपाल महिला संघमा सक्रिय रहेकी कमलाले गैरसरकारी संस्था इन्सेकबाट महिला र मानव अधिकारको क्षेत्रमा काम सुरु गरेकी हुन् । साहित्यमा बिशेष रुचि राख्ने कमला पराजुली सञ्चारिका समूहको सदस्य र उपाध्यक्ष समेत भएकी थिइन् ।
नेकपा एमाले केन्द्रीय प्रचार विभागको सदस्य रहेर काम गरेकी उनी पार्टीको मुखपत्र नवयुगको नियमित स्तम्भकार हुन् ।
उनका ‘नेपालमा नारीवाद’ पुस्तककी लेखक कमलाका निरुत्तरित प्रश्नहरू, नलेखिएका कथा, क्षितिजको बदलिदो रङ्ग (सामाजिक उपन्यास) लगायतका कृति प्रकाशित छन् ।
मोरङमाजन्मिएकी उनी संविधानसभाको निर्वाचनमा दुबै पटक नेकपा एमालेको तर्फबाट समानुपातिक सांसदका रुपमा सिफारिश भएकी थिइन् भने गत संसदीय निर्वाचनमा प्रदेशसभाका लागि समानुपातिकमा सिफारिश भएकी थिइन् ।
यसैगरि सरकारले आजै अधिकारकर्मी लिली थापालाई राष्ट्रिय मानव अधिकार आयोगको सदस्यमा शिफारिस गरेको छ । एकल महिलाको अधिकारका लागि उनले लामो समयदेखि वकालत गर्दै आएकी छन् ।
Comment Here!