संचारिका समुहको महासचिव विमला तुम्खेवा एक लाख राशीसहित राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत
-महिला खबर-
चर्चित युवा कवि विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट पुरस्कृत हुने भएकी छिन् । प्रतिष्ठानले आज प्रतिभा पुरस्कार २०२० को घोषणा गरेको हो । आम नेपाली महिलाको सरोकारका मुद्वालाई आफ्नो लेखनको केन्द्र बनाएर निरन्तर लेखनमा सक्रिय तुम्खेवा २५ बर्षदेखि कविता लेखनमा सक्रिय छिन् । लामो समयदेखी महिला अधिकार शसक्तीकरणको निम्ति क्रियाशील तुम्खेवा पत्रकारिता तथा आख्यान लेखनमा समेत सक्रिय हुनुहन्छ ।
हालसम्म विमला तुम्खेवाका कविताहरु, नदी, छाल र तरङहरु, संस्मरण एउटा बूढो रुखको ,हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे चार कविता सग्रह प्रकाशीत छ । हाल उहाँ संचारिका समुहको केन्द्रीय महासचिव हुनुहुन्छ ।
Comment Here!