‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न
-महिला खबर-
“लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब सय भन्दा बढी प्रतिनिधिको प्रत्यक्ष सहभागीतासहित बन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीको प्रमुख आथित्यमा सम्पन्न भयो ।
त्यसैगरि अथितिको रुपमा सञ्चारिका समूहको पुर्व अध्यक्ष तथा सिड कमिटी सदस्य बन्दना राणाले मन्तव्यको क्रममा महिला र पुरुषबिच समाजमा निर्धारित कामको बाडफाड र अहिलेको आधुनिक प्रविधीले महिलाको स्वास्थमा पारेको असर र चुनौतीको विषयमा जानकारी गराउदै सञ्चारिका समूहले लैङ्गिक उत्तरदायी तथा जैविक विविधता सम्बन्धि महत्त्वपूर्ण विषयमा राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुको साथै अहिले परिस्थितिमा यो विषय उठान अत्यन्तै जरुरी भएको उल्लेख गर्नुभयो।
संस्थाको अध्यक्ष नितु पण्डितले कार्यक्रमको उदेश्यमाथि जानकारी गराउदै कसरी यो विषयलाई अझ प्रभावकारी रुपमा सामाजिक समावेशीकरणको दृष्टिबाट व्यावाहारिक रुपमै उतार्न सकिन्छ भन्ने संस्थाको उदेश्य हो भन्ने विचार व्यक्त गर्नुका साथै सबैलाई धन्यवाद व्यक्त गर्नु भयो साथै वातावरण पत्रकार पिताम्बर सिक्देलले बिषयबिज्ञको रुपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विषयमाथि केन्द्रीत रहेर सञ्चारिका समूहका सल्लाहकार तथा पुर्व अध्यक्ष निर्मला शर्माले मन्तव्य र टिप्पणी व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मेयर उपमियर बन कर्मचारी , पत्रकार स्थानिय जन प्रतिनिधी र प्रकृतिक स्रोत व्यावस्थापन समितिको पदाधिकारी सामुदायिक वन उपभोक्ता समितिको प्रतिनिधि र वातावरण संरक्षणको क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता थियो त्यसैगरि अन्य अथितिहरुमा यु एस आई डीको प्रतिनिधि नेत्र सापकोटा डाक्टर समीक्षा कोईराला हुनुहुन्थ्यो । यसअघि हरियो वनसँगको सहकार्यमा देशभर दुईसय महिलाहरुलाई लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण सम्बन्धि तालिम दिई सकिएको छ ।
Comment Here!