-महिला खबर-
सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ । कार्यक्रममा २० जिल्ला शाखा र ७ प्रदेशका पदाधिकारीहरूलगायत सयभन्दा बढी साधारण सदस्य सहभागी थिए । साधारण सभाले संचारिका समानता पुरस्कारको घोषणा गरेको छ । यो वर्षको संचारिका समानता पुरस्कार नयाँ पत्रिकामा प्रकाशित ‘महिलालाई रोजगारी पनि कम ज्याला पनि पनि कम’ शिर्षकको खोजमूलक समाचारका लागि मुना कुँवरलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार छनौटका निम्ति २०७६ वैशाखदेखि २०७६ चैतसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित लैङ्गिक समानतामा आधारित रहेर प्रकाशित खोजमूलक समाचारबाट छनौट गरिएको हो ।
समितिले समाचारको भाषाशैली, विषयबस्तु , सन्देश, लैङ्गिक संवेदनशीलता र अन्वेषणलाई आधार बनाएर पुरस्कारका लागि छनौट गरेको थियो । छनौट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, संचारिका समूहका पुर्वअध्यक्ष निर्मला शर्मा र सञ्चारिका समूहका महासचिव विमला तुम्खेवा हुनुहुन्थ्यो । यो पुरस्कारका लागि सञ्चारिका समूहद्वारा संचालित महिला खबरमा प्रकाशित समाचारहरू समावेश गरिएको छैन । समूहले दिँदै आएका संचारिका प्रोत्साहन पुरस्कार र उमा सिंह पत्रकारिता पुरस्कार पछि निर्णय गर्ने गरि हाललाई स्थगित गरिएको छ । साधारण सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
Comment Here!