हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!


प्रकाशित मिति :2021-01-15 12:02:25

-ललिता साह-

राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा बच्चा पाइन्। उनले भनिन् पहिलो बच्चा छोरी हुँदा सासु ससुराले छोरा नै पाउनु पर्छ भनि दवाव दिए। अनि जेठी छोरीले ८ महिना पनि दुध खान नपाउदै कान्छी छोरी पाए। फेरी छोरी नै जन्मिने वित्तिकै परिवारले माइती पठादिए। छोरी ६ महिनाको भएपछि श्रीमानले बोलाए तर घर आएको महिना नपुदै सासू सासुरा र श्रीमान समेतबाट दैनिक शारीरिक तथा मानसिक यातना सहनु परेको छ। यसरी आफनै पिडामा दुई वटा बच्चाको स्याहार गर्न नसकेर कान्छी छोरी ७ महिना मै कुपोषित भएको नर्सिङ पढाई गरेकी आमा निकिताले बताइन् । ससुराली र माईती दुवैतिरको सामाजिक प्रतिष्ठा जाने डरले शिक्षित र अतिसम्पन्न परिवारकी पढेलेखेकी बुहारी निकिता न त आफू माथिको घरेलु हिंसा बारे कसैलाई भन्न सक्छिन न त कुपोषित बच्चालाई नजिकै रहेको पोषण गृहमा लगेर उपचार गर्न सकेकी छिन्। कान्छी छोरी यो भदौ मा दुई वर्ष ७ महिनाको भएपनि हिड्नै सकेकी छैन ।

सप्तरी तिरहुत गाँपलिका ४ मैनाकडेरी की रन्जना झाले काखमा लिईराखेकी आफनी कान्छी छोरीको अवस्था बारे बताईन। माइली छोरी पनि घरमा खान नपाएर यस्तौ हुदा मइती पुयाए। अहिले उनी ६ वर्षकी भईन् । स्वास्थ छिन।उनलाई पनि स्वयम्सेविका दिदीले कुपोषण भएको भने पनि उपचार गराउन नसकेको रन्जनाले बताईन् । तीन वटी छोरी मात्रै जन्माएकै कारण विगत ८ वर्ष देखि घरेलु हिसां खेप्दै आएकी रन्जना अशोज २१ गते न्यायको लागि अदालतमा मुदा त दायर गरिन। तर स्वास्थ्य कर्मीहरूले भनिए बमोजिम कडा कुपोषण भएकी छोरी लाई कॉखमा लिदा प्रहरी र अदालत गए पनि जानकारी र पैसा नभएकै कारण छोरीलाई उपचारको लागि लान नसकेकी उनले बताईन् ।

आर्थिक वर्ष २०७७/७८ को एकै दिन एउटै वडाका २४ जना कुपोषित बच्चा यस गृहमा भर्ना भएका छन्, भने लकडाउनको कारण ३ महिना यता कुपोषित बच्चाहरू अस्पतालसम्म आउनै नसकेको पोषण गृहका प्रबन्धक रश्मी झाले बताईन्।

प्रदेश २ नेपालको कर्णाली पछिको बढी कुपोषण भएको प्रदेश हो। यहाँका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामध्ये ५९ प्रतिशतमा रक्तअल्पता रहेको परिवार नियोजन महाशाखाको सरकारी तथ्यांक छ ।भने १५-४९ वर्षका ५८ प्रतिशत महिलामा रक्तअल्पता र ३६.८ प्रतिशतमा बालबालिकामा कम तौल हुने समस्या छ । राजविराज स्थित गजेन्द्र नारायण सिंह प्रादेशिक अस्पतालका भित्र रहेको पोषण गृहमा मात्रै आर्थिक वर्ष २०७६/७७ मा सिरहा , सप्तरी, उदयपुर गरी आएको कुपोषित बच्चाको संख्या १सय ३३ रहेका छन् ।

तराईका जमिन यहाँ अन्नको रूपमा मोती फल्छन्। त्यो पनि यति धेरै मात्रामा कि, देशको तीन हिस्सा जनतालाई वर्षैभरि खान पुग्ने गरेका थिए। केहि दशक अघिसम्म ठूलो परिमाणमा धान चामल भारत निर्यात हुने तराईको उर्वर कृषि भूमि अहिले बाँझो भेटिन्छ।यहाँका मानिस आयातित खाद्यान्नमा भर पर्दै आएका छन् । त्यो न त पोषणको दृष्टिकोणले उपयुक्त छ न त हाम्रो आर्थिक क्षमताले सहजै धान्न सकेको छ । यहाँका अधिकांश गरीव दलितको घरमा जन्मिएका बच्चा र किशोरीहरू कुपोषणको सिकार भएको भेटिन्छन् ।

समस्या जटिल छ :

राजविराज नगरपालिकाको १६ वटै वडामा संचालित बहुक्षेत्रिय पोषण आयोजनाका तथ्याङ्क अनुसार लकडाउन अघि कुपोषित बच्चा र प्रजनन् उमेरका महिला को संख्या ४ सय थिए भने लकडाउनको ६ महिना भित्रमा यो संख्या बढेर डेढ गुणा भई ६ सय बढी पुगेको आयोजना प्रमुख परमेश्वर यादवले बताए।

लकडाउनले श्रीमान् को रोजगारी गुमेपछि आफू ५ महिनाको गर्भवती खाना खान नपाएरै आज मेरो छोरी र म कुपोषित हुन पुगेको कंचनरूप ४ कि आशा सदाले भनिन्।

एउटा महामारीबाट बच्न अपनाइएको लकडाउनले भोकमरी, कुपोषण जस्ता अर्का खाले महामारीको जोखिम बढाएको छ। यसरी महामारीको त्रासका कारण सुत्केरी गराउने गम्भीर अवस्थामा समेत विरामी अस्पतालमा आएर उपचार गराउन नचाहेको ।आईहाले भने सेवा नपाएर मृत्यु समेत भएको घटनाहरू छन। जिल्लामा सरकारी अस्पताल तथा निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाहरू लकडाउन यता कोरोना जाँच बाहेकका अन्य विरामीको सेवा पूर्णरूपमा बन्द हुँदा गर्भवती महिला, बालबालिका दिर्घरोगी तथा जेष्ठ नागरिक लगायतका संवेदनशील वर्गले समयमै आवश्यक स्वास्थ्य सेवा पाउन सकेन । जसकारण मानिसमा थप रोगको जोखिम बढेको र बालबालिकाहरू कुपोषणको शिकार भएको छ ।

कारण:

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा ब्रजेश झा भन्छन- प्रिगनेन्ट महिलाहरू समयमै आवश्यक जाच गराउन सकेन । अब चेक गराउन आउदा चाहिएकै दिनहरुमा हाम्रो सल्लाह पाउन नसकेकै कारण यस्तो विशेष अबस्थामा पोषणयुक्त खानेकुरा खान नपाएका त्यस्ता गर्भवती महिलामा हेमोग्लोविनको कमी भएको भेटिन्छ । उनीहरूलाई समयपूर्व बच्चा जन्मिने । बच्चा जन्माउने बेला धेरै ब्लिडिग हुने, अस्वस्थ बच्चा जन्मिने लगायतका समस्याका कारण पछिल्लो समय ३ प्रतिशतले मातृ शिशु मृत्युदर बढेको उनको अनुभव रहेको छ। जिल्लामा आशा , रन्जना र उनका छोरीहरु जस्ता मात्रै यहाँ अरु पनि कुपोषित वालवलिका किशोर किशोरी र प्रजजन उमेरका महिलाहरु छन्। तिनिहरु घरेलु हिंसा लगायत विभिन्न कारणले कुपोषण र रक्तअल्पताको चपेटामा छन् । अस्वस्थता कारण महिला वा छोरी हुनु र छोरीछोरी जन्माकै कारण पनि जिल्लामा कुपोषणको समस्या थपिदै गएको प्रादेशिक कानुनी सहायता केन्द्र प्रमुख तथा अधिवक्ता किरण साहले बताईन । उनी भन्छिन : मैले हेर्दै आएको दैनिक ५ – १० वटा महिला हिसांका मुद्दाहरू मध्येका ३ जना महिला र उनको बच्चामा परिवारकै अपहेलनाले कुपोषित भएको पाए।

यहाँ करोडौको राहत बाडिन्छ तर लकडाउनकाबीच पेट भरि खान नपाएरै यहाँ मलर सदाहरू मर्छन् । देश भौतिक विकासको फडको मार्दै छन् यद्यपि सुत्केरी मनोरमा देव , दलित पुरनी सदा जस्ता लाखौले कतिऔ छाक भोकै गुजार्न विवश छन्। प्रदेश सरकार र स्थानीय तहहरूले वितरण गरेको दाल, चामल, तेल, नुन र आलु सबै विपन्न बस्तीसम्म पुग्न नसकेको उनीहरूको गुनासो रहॅदै आएको छ ।

वास्तविक भोको काहा राहत र खाद्यान्न पुगेन। यस्तै यस्तै कारणले नागरिक पेटभरि खान पाएका छैनन् । पोषिलो खानेकुरा चाहिने सुत्केरी र गर्भवती सामान्य दालभात पनि खान पाएका छैनन् । नवजात शिशुहरूलाई पर्याप्त दूध र खोपको कुरा कल्पनाको विषय हुन पुगेको दलित नेता राजेश विद्रोहीले भने । कृषि उत्पादनमा ह्रास, खाद्यान्नमा पर निर्भरता, शिक्षा र सचेतनाको कमी , अभियानबारे अनभिज्ञ, महिला तथा घरेलु हिंसा, परिवारमा निरन्तरको खटनपटन, लैंगिक विभेद लगायतका कारण नेपालको कर्णाली पछिको सबभन्दा बढी कुपोषण भएको प्रदेश २ लाई नै तथ्यांकले देखाउँछ। प्रदेश २ का ४८ प्रतिशत जनता बहुआयामिक गरिबीमा रहेको सरकारी तथ्यांकले देखाएको छ । ७० प्रतिशत हिस्सा ओगट्ने दलित, मुस्लिममध्ये यहाँका अधिकांश जनता गरिबीको रेखामुनि छन् र खान नपाएरै नागरिक कुपोषणको सिकार हुन्छन् ।

असर :

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा ब्रजेश झा भन्छन्- प्रिगनेन्ट महिलाहरू समयमै आवश्यक जाच गराउन पाएन । अब चेक गराउन आउदा चाहिएकै दिनहरुमा हाम्रो सल्लाह पाउन नसकेकै कारण यस्तो विशेष अबस्थामा पोषणयुक्त खानेकुरा खान नपाएका त्यस्ता गर्भवती महिलामा हेमोग्लोविनको कमी भएको भेटिन्छ । उनीहरूलाई समयपूर्व बच्चा जन्मिने । बच्चा जन्माउने बेला धेरै ब्लिडिग हुने, अस्वस्थ बच्चा जन्मिने लगायतका समस्या का कारण पछिल्लो समय ३ प्रतिशतले मातृ शिशु मृत्युदर बढेको उनको अनुभव रहेको छ।

मातृ तथा शिशु मृत्युदरको मूल कारक पोषणयुक्त खानेकुरा र खोपको अभाव रहेको पोषण विद आनन्द कर्ण भन्छन् । कर्णका अनुसार पोषण र खोपको अभाव झेलेर हुर्केका बालबालिकामा कुपोषण रक्तअल्पताका साथै अपांगताको सम्भावना उच्च रहन्छ भने बच्चा अवस्थामा कुपोषित हुन पुगेका किशोरीहरूमा पछि बाँझोपनको समस्या देखिने हुन्छ । प्रबन्धक झाले भनिन् – एक त महामारीको त्रासका कारण विरामी परे पनि अस्पतालसम्म आउन नसकेको अवस्था छ । दोस्रो गर्भवती ले समयमै आवश्यक जाच गराउन पाएन । आमा बच्चा दुबैले पोषिलो खानेकुरा खान पाएन । खोप लगाउन पाएन। मानसिक तनाव थपियो । लकडाउन बीच विपन्नको घरमा जन्मिएका शिशुको उचित स्याहार र सुत्केरी तथा गर्भवती एवम् ५ वर्षसम्मका बच्चालाई पोषणयुक्त खानेकुरा उपलब्ध हुन सकेन।

यसरी कुपोषणको अवस्था स्वतः बढ्नेछ । नेपाल सरकारको सम्बन्धित कार्यक्रमहरू उद्देश्य अनुरुप काम गर्न सकिएन। यी यस्ता धेरै कारणहरूले कुपोषणको जोखिम भयावह हुने देखिन्छ। कोरोना महामारीले एकातिर व्यस्त भईरहँदा समुदायमा सुत्केरी पनि छन् भन्नेमा ध्यान जान सकेन । त्यस्तै ‘क्वारेन्टाइन र अस्पतालमा आउने सुत्केरीप्रति ध्यान गएपनि बस्तीसम्म ध्यान नगएकै कारण पनि कुपोषणको जोखिम बढेको प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले स्वीकारे । कोरोना भाइरसका कारण नेपालमा गरिएको लामो लकडाउनले ज्यालादारी श्रमिक र अतिविपन्नहरूलाई भोकमरीको अवस्थामा पुर्याएकोले ती परिवारका गर्भवती, सुत्केरी, र पाँचवर्ष मुनिका बालबालिका कुपोषणको उच्च जोखिममा पर्न सक्ने चेतावनी बहुक्षेत्रिय पोषण आयोजनाका प्रमुख यादबले भने।

समाधानका पहलहरू:

पोषण लकडाउन भित्र आवश्यक पर्ने खाद्य सामग्रीको व्यवस्थापन गर्न नसक्दा यो अवस्था आएको उनले बताए । ‘यसका लागि तीनवटै तहका सरकारले राहत वितरणलाई एकदमै प्रभावकारी बनाउनु पर्यो’, सरकारको ‘राहत प्याकेजमा दालचामल मात्र होइन, गर्भवती, सुत्केरी, पाँचवर्ष मुनिका बालबालिका र वृद्धवृद्वाका लागि विशेष खाद्य सामग्री समावेश गर्नुपर्छ ।’

विपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा पोषण बिषयमा इन्जिनियरिङको शोधकर्ता विधार्थी चाँदनी शाहका अनुसार अरु भन्दा कोरोना संक्रमणको बेला कुपोषित हरेक बार खाना चार मात्रै नभई पोषणयुक्त विषेश ट्याब्लेटहरू समेत सेवन गर्नु पर्ने हुन्छ ।अन्यथा मानिसमा रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति कमजोर हुन्छ । कोरोना संक्रमणको सन्दर्भमा यो कुरालाई बढी ध्यान दिनपर्ने हुन्छ । खाद्य तथा

पोषण सुधार

सुरक्षा आयोजना कलष्टर ईकाइ राजविराजले सप्तरी जिल्ला को राजगढ गाउँपालिका र विष्णुपुर गाउँपालिका, सिरहाको औरही , बरियरपट्टी गाउँपालिकामा सन २०१८ देखि ०२२ सम्म चल्ने ५ बर्षे कार्यक्रम पोषण सुरक्षा र सुधार कार्यक्रम सप्तरी र सिरहामा गत वर्षको असारदेखि संचालित छन। कोरोनाले प्रभावित कार्यक्रमको एक वर्षमा दुईवटै जिल्लामा १६ हजार र १९ हजार ५ सय घर धुरीका लाभान्वित हुनेछ। जसका लागि छनौट मा पारिएका कृषक तथा महिला र वालवालिका किशोरीहरूको ४ सय बढी समुह बनाएर काम थालिसकेको आयोजना अधिकृत विनय बिक्रम रत्नले जानकारी गराए । प्रत्येक समुहमा २०–२५ जना र ६५ प्रतिशत महिलालाई समावेश गरिनेछ । जसमा कृषि, पशुपालन र पोषणको पाटोमा काम गरिने र यी क्षेत्रहरूमा क्रमश २५,४०, र २० प्रतिशतका दर वृद्धि हुने आयोजनाको लक्ष्य रहेको आयोजनाका पोषण विज्ञ आन्नद कर्णले भने।

त्यस्तै राष्ट्रिय स्तरमा मन्त्री स्तरीय निर्णयबाट कोरोना संक्रमित व्यक्तिहरूको पोषण सम्बन्धी अन्तरिम निर्देशिका – २०७७ जारी गरिसकेका छन् भने देशै भरीका ७ सय ५३वटै स्थानीय तहमा समेत पठाई सकिएको परिवार कल्याण महाशाखाका पोषण शाखाकी जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले जानकारी गराईन्।

निष्कर्ष :

महामारी फैलिएको वेला राष्ट्रिय स्तरबाटै बालबालिका तथा प्रजनन उमेर समूहका किशोर किशोरी र गर्भवती महिलालाई पोषणबारे बुझाउन र पोषणयुक्त खानेकुराको पहुँच बढाउन सकियो भन्ने मात्र भोलीको स्वस्थ नागरिक र समृद्ध देशको निर्माणको लक्ष्य पूरा हुनेछ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: