पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड


प्रकाशित मिति :2021-03-21 15:57:08

-महिला खबर-

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार रुपा शर्मा नेहालाई यसवर्षको राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड प्रदान गरिएको छ ।
संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भूमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै पत्रकार शर्मालाई सिजन मिडियाले प्रदान गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठले सो पुरस्कार प्रदान गर्नुभएको हो । विगत १९ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल शर्मा काठमाडौं महानगरपालिका द्धारा संचालित मेट्रो एफएम ९४.६ मेघाहर्ज र नेपाल टेलिभिजनमा कार्यरत रहनुभएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने आजको चर्चा नामक कार्यक्रमले शुसासन समाजिक न्याय र विधिको शासन लागु गर्नुको साथै पारदर्शि र जवाफदेहि सरकार निर्माणको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।

मिडिया मोविलाईलेसन फर सस्टेनेवल डेभलपमेन्ट नेपालका अध्यक्ष र मानव अधिकार संचार प्रतिष्ठान ईह्रिकनका महासचिव रहनु भएकि शर्माले समाजिक सरोकारका विषयलाई संचारका क्षेत्रबाट उठान गर्ने मात्र नभई समाजिक अभियन्ताको रुपमा समेत क्रियाशिल रुपमा काम गर्दै आउनुभएको छ ।

पछिल्लो समय कोरोना महामारीले आम मानिसले पारेको नकारात्मक मानसिक प्रभावलाई कम गर्न विभिन्न पत्रकार शर्मा लयायतको टोलिले देशव्यापि रुपमा मोटिभेसन थ्रु डान्स क्याम्पियन संचालन गरिरहेका छन् ।

लैगिंक हिंसा ,व्यवसायिक यौन शोषण महिला बेचविखन लागयतका मुद्धामा क्रियाशिल भएर काम गरेवापत वहाँलाई सरकारले समेत विभिन्न पुरस्कार प्रदान गरिसकेको छ ।

सिजन मिडियाले समाजिक क्षेत्रमा क्यिाशिल एकल महिला ,अपांगता भएका व्यक्ति लगायत विभिन्न तह र तत्काबाट समाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: