संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी


प्रकाशित मिति :2021-03-23 12:39:59

-महिला खबर-

संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक महिला पत्रकारको दाबी परेको छ । संसदीय अभ्यासको लामो इतिहासमा महिला पत्रकारले त्यस सम्बन्धी संस्थाको नेतृत्वको दाबी गरेको यो नै पहिलो हो । यसपटक आगामी नेतृत्वका लागि लामो समय देखि संसदीय मामिलामा रिपोटिङ गर्दे आएकी संचारिका समूहकी सदस्य पत्रकार कृष्णा पौडेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै पेशा प्रतिको इमान, व्यवसायीक मर्यादा एवं सामुहिक निर्णयमा आफ्नो प्रतिवद्धता जाहेर गरेकी छन् । व्यवसायीक अनि सक्षम नेतृत्वका लागि अवसर भन्ने भनाईलाई व्यवहारमा नै उतार्न उनले सबैलाई आग्रह गरेकी छन् ।

लामो समयदेखि पत्रकारितामा सक्रिय पौडेलले एक दशक भन्दा बढी समय देखि संसदीय गतिविधिलाई मुख्य बीट बनाएर काम गर्दे आएकी छन् । झण्डै एक दशक रेडियो कान्तिपुरमा काम गरेकी उनी अहिले स्वरोजगार अन्र्तगत न्यूज एजेन्सी नेपाल सञ्चालन गरेर पत्रकारिताको व्यवसायीकतालाई अझै फराकिलो पार्ने काममा सक्रिय छन् ।

व्यवसायीक महिलालले नेतृत्वका लागि अग्रसर हुँदा उनलाई सघाएर काम गर्ने अवसर प्रदान गर्न पनि संचारिका समूह आग्रह गर्दछ । साथै उनको लागि सफलताको सुभकामना पनि व्यक्त गर्दछ ।

साथै पत्रकार महासंघको आसन्न निर्वाचनमा मुलुकभरबाट विभिन्न पदका लागि उम्मेदवारी दिनुभएको महिला पत्रकारहरुलाई पनि सफलताको शुभकामना व्यक्त गर्दछौ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: