महिला मुक्तिका लागि हस्तक्षेप आवश्यक—श्रेष्ठ
काठमाडौं । महिलामुक्तिको लागि राज्यका बिद्यमान संरचनाहरूमा हस्तक्षेप जरुरी रहेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष शशी श्रेष्ठले बताउनुभएको छ। १ सय ६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको र अन्तरपार्टी महिला सञ्जालको १० औं स्थापना दिवशको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।