विद्या भण्डारी राष्ट्रपतिको उम्मेदवार
ललितपुर, कात्तिक ९। प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति उम्मेद्वार बनाउने भएको छ। सोमबार बसेको एमाले स्थायी समिति बैठकले सो निर्णय गरेको हो। एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइले यसको पुष्टि गर्नुभएकाे छ ।