हिंसाविरुद्ध उजुरी गर्ने बढे
रोल्पा, साउन १९। रोल्पामा महिला तथा लैंगिक हिंसाका घटना बढेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा २०७१ साउन महिनादेखि २०७२ असार मसान्तसम्म घरेलु हिंसाका ७८ वटा र सामाजिक हिंसाका ५० गरी १ सय २८ वटा उजुरी दर्ता भएको सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरिक्षक दिल कुमारी बुढाले जानकारी दिनुभयो।